धादिङ,२६ असोज ।
देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४३ जनाको पिसिआर विधिबाट र ९८० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यही अवधिमा २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार ३७५ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ ।