देशभर कोरोनाका ३२ संक्रमित थपिए, सक्रिय संक्रमित ६८८ जना

धादिङ,३० असोज ।
देशभर थप ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । ६३४ जनाको पिसिआर परिक्षण गर्दा २८ जनामा र ५२८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा ७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै देशभर सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार ४४५ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६८८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्