धादिङमा आज २५ जनामा डेंगु संक्रमण

धादिङ,३० असोज ।
धादिङमा आज २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ११ पुरुष र १४ महिला गरी २५ जना संक्रमण पुष्टि भएको हो ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ३३६ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ७४२ जना पुरुष र ५९४ महिला गरी कुल एक हजार ३३६ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ७९२ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५५, गल्छीमा ४३, ज्वालामुखीमा ५८, बेनिघाट रोराङमा २२, सिद्धलेकमा ३२, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा १९ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ७ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।
फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्