१६ असार, वीरगञ्ज । नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि ओपीडी सेवा सुचारु गर्न लागेको नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पताल प्रशासनले बुधबार सूचना प्रकाशित गरेर अस्पतालमा बहिरंग ९ओपीडी० लगायतका उपचार सेवा असार १८ गतेदेखि सुचारु गर्न लागेको जानकारी दिएको हो । तत्कालका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै ओपीडी सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण दर उच्च भएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञापछि नारायणी अस्पतालमा कोभिड संक्रमितको उपचार सेवा, डायलाइसिस, आकस्मिक सेवा, प्रसूति र एनआईसीयू सेवा मात्रै सञ्चालनमा छ । विभिन्न विभागअन्र्तगत दैनिक प्रदान गर्दै आएको ओपीडी सेवा बन्द गरिएको थियो ।
नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट लगायतका जिल्ला र छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि बिरामीहरु आउने गरेका छन् ।