काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन मंसिरमा सरेको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय हो । यसअघि महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको थियो ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म सक्ने नयाँ कार्यतालिकामा उल्लेख छ ।
केन्द्रीय समिति बैठकले भदौ २ गतेसम्मका लागि क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने नयाँ कार्यतालिका कांग्रेस बैठकले तय गरेको हो ।