धादिङ २४ कात्तिक
धादिङको कालुपाण्डे मार्ग अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह कमेरे नजिकै दुई वटा बस एक आपसमा ठक्कर खादा ३६ जना घाईते भएका छन्।धादिङबेसीबाट चितवन तर्फ जादै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाण्डौबाट धादिङबेसी आउदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।
घाईते ३६ जनाकै जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्ये नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १९ बर्षका कविता विक,हेटौडा ९ मकवानपुर बस्ने २० बर्षियआस्था सापकोटा,त्रिपुरासुन्दरी–५ बस्ने ७१ बर्षिय जीन बहादुर अधिकारी,खनियाबास–३ बस्ने २१ बर्षिय रामचन्द्र तामाङ र शक्तिखोर चितवन बस्ने २० बर्षिय तिमोथि गदाल मध्यम घाईते हुनुभएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो। अरु सबैको अवस्था सामान्य रहेको विकले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाईतेहुनेहरुको यसप्रकार रहनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १९ बर्षका कविता विक
सिद्धलेक वडा नम्बर ७ बस्ने ५९ बर्षीय गुणराज खतिवडा
नीलकण्ठ नगरपालिका वडा नम्बर १ बस्ने ७९ बर्षीय खड्क बहादुर गुरुङ
गंगाजमुना–३ बस्ने ३२ बर्षीय सरोज थापा
ज्वालामुखी–५ का ३ बर्षीय साईरन गुरुङ
गण्डकी १ गोरखाका २६ बर्षीय सुलोचन आले
सोहि स्थान बस्ने ७ बर्षीय सुष्मा आले
नीलकण्ठ–८ बस्ने ३३ बर्षीय कृष्ण कुमार श्रेष्ठ
नीलकण्ठ–३ बस्ने १७ बर्षीय टंक कुमारी श्रेष्ठ
हेटौडा ९ मकवानपुर बस्ने २० बर्षीय आस्था सापकोटा
सोहि स्थान बस्ने २४ बर्षीय आर्शिष सापकोटा
नीलकण्ठका ७० बर्षीय काजी गुरुङ
त्रिपुरासुन्दरी–५ बस्ने ७१ बर्षीय जीन बहादुर अधिकारी
खनियाबास–३ बस्ने २१ बर्षीय रामचन्द्र तामाङ
नीलकण्ठ–६ बस्ने २३बर्षीय सदिक्षा रानामगर
चन्द्रगिरी–१३ बस्ने २१ बर्षीय शुसिला थापामगर
साहि स्थान बस्ने २५ बर्षीय सन्तोष थापामगर
नीलकण्ठ–४ बस्ने १९ बर्षीय भरत बस्नेत
सोहि स्थान बस्ने २१ बर्षीय धन बहादुर गुरुङ
नीलकण्ठ–२ बस्ने ३० बर्षीय मनिता गुरुङ
ज्वालामुखी–२ बस्ने ७०बर्षीय लक्ष्मी प्रसाद अर्याल
नीलकण्ठ–३ बस्ने ३० बर्षीय रोजिना श्रेष्ठ
ज्वालामुखी–४ बस्ने १८ बर्षीय विकास गुरुङ
नीलकण्ठ–८ बस्ने ५० बर्षीय निरमाया थापा
गंगाजमुना–५ बस्ने ३५बर्षीय प्रमोद पाण्डे
टोखा नगररपालिका ६ बस्ने ३५ बर्षीय प्रदिप पौडेल
हेटौडा–५ मकवानपुर बस्ने ३८ बर्षीय युनिसा परियार
सोहि स्थान बस्ने १३ बर्षीय युरिका परियार
सोहि स्थान बस्ने ५८ बर्षीय लक्ष्मण परियार
नीलकण्ठ–६ बस्ने ५० बर्षीय जुनकिरी राना
त्रिपुरासुन्दरी–४ बस्ने २६ बर्षीय हरि बहादुर रानामगर
शक्तिखोर चितवन बस्ने २०बर्षीय तिमोथि गदाल
ज्वालामुखी–७ बस्ने १५ बर्षीय समिर दनै
नीलकण्ठ–२ बस्ने ५१ बर्षीय राजेन्द्र सिलवाल
नीलकण्ठ–८ बस्ने १५ बर्षीय सुजता विक
सिद्धलेक बस्ने २५ बर्षीय अनिल नेपाली घाईते भएका छन्।