३१५ संक्रमित थपिदा ३०५ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८१० को परिक्षणमा ३१५ संक्रमित थपिदा ३०५ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ९ हजार ३८६ जनाको पीसीआर गर्दा २७२ र २ हजार ४२४ जनाको एन्टिजेन परिक्षणमा ४३ गरी ३१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै २६५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ५ हजार २०५ पुगेको छ। योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ८ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५४५ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्