धादिङ,२६ मंसिर ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६८२ को परिक्षणमा २५४ संक्रमित थपिदा २३४ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ६ हजार २६८ जनाको पीसीआर गर्दा २४२ र २ हजार ४१४ जनाको एन्टिजेन परिक्षणमा १२ गरी २५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार मात्रै २५९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २० हजार ४ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ६ हजार ७७८ पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ।यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५५४ को मृत्यु भएको मन्त्रालयको तथ्याङकमा उल्लेख गरीएको छ।