आयुर्वेद उपचारमा विश्वास बढ्दो:डा.सुइरा जोशी

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी प्रमुख डा.सुइरा जोशीसँग जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको गतिविधि,आयुर्वेद चिकित्सा प्रतिको धारणा लगाएत आयुवेर्दिक चिकित्साका बिबिध बिषयमा बिषयमा सानुबाबु तिमिल्सिनाले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा सम्पादित अंश सम्पादित अंशः

१. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको गतिविधि बारे जानकारी गराइनुहोस न?
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले स्थापना देखि विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । पहिलो सेवा भनेको बिरामी जाँच गर्ने हो त्यसपछि निशुल्क औषधि वितरण, निशुल्क योग सिकाउने व्यवस्था छ ।

नयाँ सुविधामा पछिल्लो दुई वर्ष देखि ल्याव स्थापना गरीसकेका छौँ । विभिन्न नयाँ सेवाहरु पनि छन् त्यो मध्ये विषेशज्ञ सेवा पनि एउटा हो । ५ महिना सम्मको बच्चा भएको सुत्केरी आमाहरुलाई उहाँहरुको स्वास्थ्यलाई राम्रो गराउने औषधिहरु र ६५ वर्ष माथिका जेष्ठ नागरीकहरुको लागि रसायन औषधि भनेर उहाँहरुको स्वास्थ्य राम्रो बनाइ राख्नको लागि र बलियो बनाउनको लागि औषधिहरु प्रदान गर्छौ ।

२.जिल्लावासीमा आयुर्वेद चिकित्सा प्रतिको धारणा कस्तो छ ?
जिल्लावासीको धारणा मैले देखे अनुसार सुधार उन्मुख राम्रो छ । जो मान्छेले एकचोटि यहाँबाट सेवा लिनुहुन्छ उहाँहरु निरन्तर फलोअपमा आइरहनुहुन्छ, यहाँबाट औषहिरु प्रयोग गरीसकेपछि राम्रो भएको छ भन्ने प्रतिक्रिया दिनुहुन्छ।

जिल्ला आयुर्वेदमा २०७६/०७७ मा बिरामीको संख्या वर्षभरीमा ६ हजारको हारहारीमा थियो भने ०७७/०७८ को आर्थिक वर्षमा बिरामीको संख्या बढेर १० हजार भन्दा बढि भइसकेको छ ।

३. धेरैजसो भिड अस्पतालमा हुने गर्छ, उहाँहरुले नबुझनु भएको हो की ? आयुर्वेद प्रतिको बुझाइ कम भएको हो की के भएको हो ?
यसमा विभिन्न कारणहरु हुनसक्छन् ।अस्पताल ठुलो स्वास्थ्य स्वास्थ्य संस्था भएको कारणले त्यहाँ धेरै सुविधाहरु छन् । त्यो कारण मान्छे एउटै ढोकाबाट छिरिसकेपछि धेरै सुविधा पाउँछन् भने उहाँहरुको समय बच्छ भन्ने हिसावले अस्पताल पर्ने भयो।

उपचार पद्धति अस्पतालको र हाम्रो फरक छ । हाम्रोमा औषधि खाइराख्ने र रोगलाई निको बनाउन त्यहाँको भन्दा अलि लामो समय प्रयोग गर्न पर्छ । छिटो निको बनाउन पर्छ भन्ने हिसावले मान्छेहरु अस्पताल जाने र एक दुई दिन प्रयोग गर्ने छोड्दिने हुनाले अस्पताल जान खोज्नु हुन्छ । अर्को भनेको हाम्रो पहुँच धेरै जनतामा छैन सानो जिल्लामा एउटा अफिसले थोरै जनशक्तिले पुरै जिल्लालाई हेरिरहेका छौँ ।

त्यो कारणले हाम्रो सेवा हामीले सबै ठाउँमा पु¥याउन नसक्दा नजिकको मान्छे मात्र आउनुहुन्छ त्यो भएर हाम्रो संख्यामा र प्रचार प्रसारमा कमी छ।

४. आयुर्वेदको सेवा जिल्ला सदरमुकाममा मात्र छ कि जिल्ला बाहिर पनि छ ?
हाम्रो प्रमुख अफिस जिल्लामा यही भयो यहाँ आठौ तहको डाक्टरद्धारा चिकित्सा प्रदान गर्छौ । यो जिल्लाको एउटा मात्र स्वास्थ्य संस्था भयो । हाम्रो चार वटा गाउँपालिकामा आयुर्वेद औषधालय र चार वटा गाउँपालिकामा नागरीक आरोग्य केन्द्र भनेर सानो सानो स्वास्थ्य संसथाहरु छन्। गजुरी गाउँपालिकामा, नीलकण्ठको ज्यामरुङमा, गल्छी बैरेनीमा र रुवीभ्यालीमा आयुर्वेद औषधालय छ ।

त्यस्तै नागरीक आरोग्य केन्द्र खनियावास गाउँपालिकामा, नेत्रावती डबजोङमा, धुनिबेशी नगरपालिकामा र सिद्धलेक गाउँपालिका गरेर जम्मा ९ पालिकाहरुमा छ ।

५. नागरीक आरोग्य केन्द्र भनेको तल्लो स्तरको हो ?
आयुर्वेदको उद्धेश्य भनेको रोगलाई निको पार्ने मात्र होईन रोग लाग्न नदिने पनि हो । के खाँदा के हुन्छ, गर्मी मौसममा के गर्ने, जाडोमा के गर्ने यस्ता धेरै कुरा हुन्छ आयुर्वेद भनेको औषधि मात्र होइन आयुर्वेद भनेको खानेकुरा देखि लिएर दिनभरीमा के के काम गर्छौ, के के गर्नुपर्छ भन्ने हो।

यस्तो प्रचार प्रसार गर्नको लागि प्रत्येक घर घरमा पुगेर सिकाउन सकौँ भनेर नागरीक आरोग्य केन्द्र खोल्यौँ । त्यहाँ एउटा वैद्य र कार्यालय सहयोगि भनेर दुई जना मात्र हुनुहुन्छ । त्यहाँबाट औषधि पनि प्रदान गर्नुहुन्छ ।

६.आयुर्वेद औषधालयबाट के के सेवा हुन्छ ?
आयुर्वेद औषधालयमा नागरिक आरोग्य केन्द्रमा भन्दा अलि बढि सेवा हुन्छ । औषधि निशुल्क दिन्छौ, सेक्ने, मालिस गर्ने सेवा दिन्छौँ । त्यो भन्दा माथि हाम्रो जिल्ला आयुर्वेद स्वास्थ्य संस्था पर्छ र हामीले यहाँबाट नहुने केन्द्रमा रेफर गर्छौँ ।

७.यहाँ कस्तो कस्तो केशको बिरामीहरु प्राय आउनुहुन्छ ?
पछिल्लो आर्थिक वर्षमा अम्लपित्तको बिरामी जसलाई पेट पोल्ने ,वाथ रोग ढाड दुख्ने घुँडाहरु खिइएको,घुँडा दुख्ने ,पाइल्सको बिरामी,६५ वर्ष माथिका जेष्ठ नागरीकहरु सबै धेरै मात्रामा आउनु भएको छ । यो भन्दा बाहेक बिरामी ग्याष्ट्रिक, नपच्ने खालका बिरामी आउनुहुन्छ ।

८.रोग अनुसारको उपचार पद्धति हुन्छ कि सबै किसिमको रोगलाई आयुर्वेदिक उपचार पद्धतिले ठिक गर्छ ?
कुनै मान्छेलाई एउटा चिजले ठिक गर्छ भने कुनै मान्छेलाई बेठिक गर्न सक्छ त्यसैले हामीले बिरामीलाई जाँच गर्दा फरक फरक गरेर जाँच्नुपर्ने हुन्छ। रोग अनुसार मात्र जाँच हुँदैन मान्छेको खानपिन सबै कुरा बुझेर उहाँहरुलाई त्यही अनुसार जाँच गर्ने भएको कारण हरेक रोगको लागि कत्तिको लेबलसम्म भन्ने हुन्छ तर उपचार गर्न सक्छौँ ।

हाम्रोमा उपचार नहुने भनेको इमरजेन्सी बिरामीलाई उपचार गर्न सक्दैनौँ त्यस्तो बेलामा हामी भन्दा ठुलो स्वास्थ्य संस्थामा पठाउनु पर्ने हुन्छ । तर पुरानो रोग जस्तै वाथ, ग्याष्ट्रिक, टाउको दुखाई, पिनास, प्रेसर, सुगर, नसर्ने रोगहरुको लागि यहीबाट एकदम राम्रो उपचार छ ।

९.मान्छेहरुको धारणा भनेको आयुर्वेदमा जाँदा एकदम ढिलो हुन्छ भनेर अस्पताल जानुहुन्छ आयुर्वेदमा त्यति नआउने गर्नुहुन्छ,उहाँहरुको बुझाई परिवर्तन गर्नको लागि हामीले के सन्देश दिन सक्छौँ ?
हामीले आयुर्वेदको औषधि उपचार ग¥यौँ भने हामीलाई जुन समस्या भईरहेको अङग् छ अथवा समस्याको कारणलाई नै हटाउने भएकोले अलि समय लाग्छ । तर अलि समय लागे पनि रोगलाई जरा देखि नै हटाउन सक्छौँ त्यसपछि पछि समस्या दिदैन ।

कतिपय केशहरुमा एकदम दुखिरहेको छ म आयुर्वेदको उपचार गर्छु भनेर बस्यो भने उहाँहरुको दुखाईले लाईफको क्वालिटि घटाइदिन्छ । त्यस्तो अवस्थामा त्यो दुखाई कम गर्नको लागि इमरजेन्सिमा दुखाई कम गर्ने औषधि खानुपर्छ । तर दुखाईको मुख्य कारणलाई हटाउनको लागि आयुर्वेदको औषधि प्रयोग गर्दा एकदम राम्रो हुन्छ ।

१०. दुवै तिरको औषधि प्रयोग गर्दा साइड इफेक्ट हुने सम्भावना हुन्छ कि दुवैले काम गर्छ ?
कुनै कुनै औषधिको प्रतिक्रिया आउन सक्ला तर आयुर्वेदको धरै जसो औषधिहरुको साईड इफेक्ट एकदम कम छ । डक्टरको सल्लाह सुझाव बिना आफै प्रयोग गर्नु हुन्छ भने हुनसक्छ । तर डक्टरको सल्लाह सुझावमा दुवैतिरको औषधि सँगै प्रयोग गर्नुहुन्छ भने साईड इफेक्ट गर्दैन ।

११. आयुर्वेदको र अस्पतालको औषधिको प्रकृति फरक भएको कारण के होला ?
हाम्रो आयुर्वेदको औषधिको मुख्य औषधि प्राप्त गर्ने भनेको जडिबुटि नै हो । जडिबुटिलाई प्रयोग गर्ने तिन चार वटा तरीका हुन्छ । कि त्यसलाई रस निकालेर प्रयोग गर्न सकिन्छ कि त सुकाएर धुलो बनाएर प्रयोग गर्ने भन्ने हुन्छ थवा पकाएर काडाँ बनाउन सकिन्छ यस्ता विभिन्न तरिकाबाट प्रयोग गर्न सक्छौँ । हामीले घरमा प्रयोग गर्ने हो भने यही तरिकाले प्रयोग गर्छौ ।

तर हामीले औषधिको रुपमा दिदाँ सबै भन्दा राम्रो र धेरै समय रहने धुलो नै हुन्छ । त्यही औषधिलाई खान गाह्रो भयो भनेर अहिले ट्याबलेटमा क्याप्सुलमा निकालिन्छ ।

१२. अस्पतालको औषधिहरुमा आयुर्वेदको मात्रा हुन्छ कि हुँदैन होला ?
आयुर्वेदको मात्रा हुँदैन कुनै कुनै औषधिमा कुनै जडिबुटिबाट केमिकल निकालेर औषधि बनाउने भन्ने हुन्छ । तर आयुर्वेदको औषधि भन्दा फरक हो।

१३. घरेलु जडिबुटि र आयुर्वेदिक पद्धति धेरै हदसम्म मिल्छ पनि होला, पहिला हाम्रो बा हजुरबाहरुले प्रयोग गर्नुभएको पद्धति नै आयुर्वेदिकले फलो ग¥यो अथवा आयुर्वेदिको पद्धति उहाँहरुले फलो गर्नुभयो ?
आयुर्वेद भनेको नै हाम्रो परापुर्वकालदेखि प्रयोग गर्दै आउनुभएको जुन छ नि त्यस्कै ज्ञान आयुर्वेद हो । हामीले पहिला सिकेको ज्ञान सिपलाई आधुनिक बनाउनको लागि त्यो भन्दा छुटै ज्ञान गर्नको लागि कोर्षको रुपमा परिणत गरेर पढेर हामी यो ठाउँमा आएको हो । पहिला पहिलाको वैद्यहरु उहाँहरुले जडिबटि नै प्रयोग गर्नुहुन्थ्यो र त्यसकै एउटा हो ।

त्यो भएर पहिलाका मान्छेहरु अस्पताहरु हुँदैन्थ्यो घरेलु उपचारहरुको कारण बलियो हुनुहुन्थ्यो आयु लामो हुन्थ्यो । सकेसम्म औषधिको प्रयोग नगरेर घरकै उपलब्ध हुने मसलाहरु, बोटबिरुवाहरुलाई प्रयोग गरेर रोगलाई रोक्न सक्ने भन्ने जरुरी ज्ञान हो जुन हामी विद्यालयमा गएर पनि सिकाउँछौँ ।

१४.अन्त्यमा जिल्लावासीहरुमा आयुर्वेद प्रतिको सन्देश वा जानकारी दिनसक्नुहुन्छ?
आयुर्वेदको अहिले हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी ्भन्ने नयाँ नारा छ । त्यसैले आफनो स्वास्थ्यको जिम्मेवारी आफैले लिनु प¥यो, धुम्रपान मध्यपानबाट टाढा बस्नु प¥यो्, सल्लाह सुझाव बिना आयुर्वेदको पनि औषधि प्रयोग नगरौँ, हाम्रो जिल्ला आयुर्वेदमा एकचोटि आइदिनुस सकेसम्म राम्रो सेवाहरु दिन्छौँ । निशुल्क योगहरु गरीरहेका छौ यदि योग गर्ने इच्छा छ भने आउन सक्नुहुन्छ,धन्यबाद।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्