धादिङ जिल्ला स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगितामा देउराली माध्यमिक विद्यालय प्रथम भएको छ ।माध्यमिक विद्यालय स्तरीय उक्त प्रतियोगिता अन्तरगत शनिबार भएको फाइनल खेलमा धादिङबेसीको चिल्ड्रेनपार्क मा.विलाई सिधासेटमा पराजित गर्दै नीलकण्ठ नगरपालिका स्थित ससाहको देउराली मा.वि प्रथम भएको हो।

पराजित सँगै चिल्ड्रेन पार्क द्धितीय भएको छ ।चिल्ड्रेन पार्कले शुक्रबार निलकण्ठ माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने शनिबार विहान पशुपति माविलाई पराजित गर्दै देउराली मावि फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै पशुपतिलाई हराउदै निलकण्ठ तृतीय भएको छ ।
नेपाल डोरी तान संघ धादिङले आयोजना गरेको ‘टग अफ वार’ (डोरी तान) प्रतियोगितामा जिल्लाका १७ वटा माध्यमिक विद्यालयहरु सहभागि भएका थिए ।प्रतियोगितामा प्रथम हुने देउरालीले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धित्तिय हुने चिल्ड्रेनपार्कले १० हजार र तृतिय हुने नीलकण्ठ माविले ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको पुस्कार वितरण तथा समापन कार्यक्रमलाई सम्बोधन गर्र्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जिल्लामा अब डोरीतान प्रतियोगिताले गति लिने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले जिल्ला खेलकुद विकास समिति सहयोग गर्न तयार रहेको भन्दै डोरीतान खेल नियमित संचालन गर्न आयोजकलाई आग्रह गर्नुभएको थियो।





 
		 
			 
                             
                             
                             
                             
                            