पछिल्लो २४ घण्टामा देशभर १७ हजार ८९ को कोरोना परिक्षणमा २९० संक्रमित थपिदा २३२ संक्रमित डिस्चार्ज भएका छन्।देशभरका प्रयोगशालाबाट १२ हजार ४७३ जनाको पीसीआर गर्दा २५२ र ४ हजार ६१६ जनाको एन्टिजेन परिक्षणमा ३८ गरी २९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमबार मात्रै २२० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २२ हजार २२७ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ९ हजार ३८७ पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ३ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५७७ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।