पछिल्लो २४ घण्टामा देशभर १० हजार ८८६ को कोरोना परिक्षणमा २७१ संक्रमित थपिदा २२५ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट ९ हजार १५७ जनाको पीसीआर गर्दा २५१ र १ हजार ७२९ जनाको एन्टिजेन परिक्षणमा २० गरी २७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
आईतबार मात्रै २१९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ६४७ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ११ हजार ५ पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ भने सङ्क्रमण मुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५८६ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।