धादिङ,०५ पौष ।
धादिङबेशीमा आयुर्वेद सेवा प्रवद्धर्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा धादिङबेशीमा आयुर्वेद सेवा प्रवद्धर्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा उपलब्ध सेवा, आगामि दिनमा पत्रकारसँगको सहकार्यलाई अगाडि बढाएर लैजानुका साथै आम नगरिकलाई उपलब्ध सेवाहरुको सहि सुचना दिने लगायतको विषयमा छलफल गरिएको थियो ।
यसै गरि कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट दिइने आयुर्वेद सेवा तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा, नसा सम्बन्धी रोग, पिनास, फिजियो थेरापी, खानपान सम्बन्धी ध्यान दिनु पर्ने कुरा लगायतका विषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको प्रमुख डा. सुइरा जोशीले सहजिकरण गर्नु भएको थियो ।
त्यस्तै उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा निशुल्क फार्मेशी सञ्चालनमा आएको र ६० प्रकारको औषधी पाईने बताउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको प्रमुख डा. जोशीले बताउनु भयो ।
यसै गरि कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को कार्य प्रगति विवरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी प्रकाश सापकोटाले प्रस्तुत गर्नु भएको थियो । धादिङको ६ वटा स्थानीय तहमा आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा प्रवाह भईरहेको र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले अब छिटै २५ बेडको अस्पताल सञ्चालनमा ल्याउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी सापकोटाले कार्यक्रममा जानकरी गराउनु भएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका अध्यक्ष भरत ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वयन समितिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।