३ दिवसीय उद्धघोषण तथा प्रभावकारी भाषण कला तालिम ज्वालामुखीमा सम्पन्न

धादिङ,२८ जेठ ।
ज्वालामुखी गाउँपालिकामा गाउँपालिका स्तरीय ३ दिवसीय उद्धघोषण तथा प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत महिलाहरुको लागि शुक्रबार देखि सुरु भएको दोस्रो चरणको तालिम आज सम्पन्न भएकोे हो ।

महिलाहरुलाई बोल्ने कलाको विकास गर्न, आफुमा भएको ज्ञान, सिप र क्षमतालाई मासमा प्रस्तुत गर्न, महिलाहरुले कुनै पनि कार्यक्रम संचालन तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रशासन शाखा अधिकृत अनिता छत्कुलीले बताउनुभयो ।

उद्धघोषण कला, कार्यक्रम कसरी चलाउने, शुभकामना मन्तव्य कसरी राख्ने, सञ्चालकमा हुनु पर्ने गुण, प्रष्ट वक्ता कसरी बन्ने, मनोसाजिक परामर्श, महिला सशक्तिकरण लगायतका विषयमा तालिम दिइएको छत्कुलीले बताउनुभयो ।

गाउँपालिका भित्रका ४३ जना महिलाहरुको सहभागिता रहेको तालिमको अर्जुन अधिकारी र लक्ष्मी गीरीले सहजिकरण गर्नुभएको थियो ।

तालिम समापनको कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको लागि यो तालिम महत्वपुर्ण भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि महिलाहरुको क्षमता बिकाश र नेतृत्वका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न भएको तालिममा उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, प्रशासन शाखा अधिकृत अनिता छत्कुली लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्