धादिङको ज्यामरुङमा एक जना मृत अवस्थामा भेटिए

धादिङ,०३ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं– १० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएका छन् ।

खनाल नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङ कालीमाटी खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार परिवारमा कसैलाई पनि जानकारी नदिई खनाल मंगलबार घरबाट निस्किएका थिए । उनलाई आफन्तले खोजतलास गर्ने क्रममा बुधबार ज्यामरुङ कालीमाटी खोलामा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले बताउनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्