प्रधानमन्त्री दाहालद्वारा माओवादी नेता आचार्यको स्वास्थ्य अवस्था जानकारी

काठमाडौँ, १८ असोज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ ।

पार्टी अभियानको क्रममा अछाम पुग्नुभएका उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो । प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्