उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैया तोकियो

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ ।

जसमा चिनी उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६ सय ३५ रुपैयाँ मूल्य तोकिएको समेत बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्