चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

काठमाडौँ, ४ असार
स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ ।
महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४१ हजार पाँच सय कायम छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्