आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

चितवन, १६ साउन
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३\७४ मा पाँचवटा, २०७४\७५ मा चारवटा, २०७५\७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६\७७ मा एउटा, २०७७\७८ मा एउटा, २०७९\८० मा एउटा र २०८०\८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३\७४ मा १४, २०७८\७९ मा चार र २०८०\८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३\७४ देखि आव २०८०\८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्