धादिङबेशीको फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल उत्पादन सुरु

धादिङबेशी । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीको फोहोर व्यवस्थापन गरी नीलकण्ठ नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । युएसएआइडी तयार नेपालको सहयोग र ब्लु वेष्ट टु भ्यालु कम्पनीको सहजीकरणमा मल उत्पादन गर्न सुरु भएको हो ।

नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सुरु गरिएको मल उत्पादन केन्द्रबाट अहिले मल उत्पादन सुरु भएको छ । युएसएआइडी तयार नेपालको सहयोगमा स्थापना गरिएको मल उत्पादन केन्द्र बुधबार एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नीलकण्ठ कम्पोस्ट मल नामाकरण गरिएको उक्त मल उत्पादन केन्द्रबाट १५ दिनमा चार सय किलो मल उत्पादन गर्न सक्ने क्षमता रहेको छ । नकुहिने फोहोरबाट विभिन्न सामाग्रीहरु बनाउन हाल २२ जनालाइ तालिम प्रदान गरिएको छ ।

बजार क्षेत्रबाट निस्कने कुहिने फोहोरबाट मल उत्पादन गरिने र निश्चित मापदण्ड बनाएर विक्रि वितरण गरि आम्दानीको श्रोत बढाउने लक्ष्य रहेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताउनु भएको छ । उहाँले अव वर्षौदेखिको फोहोर व्यवस्थापनको समस्या समाधान हुने दावी गर्नु भएको छ ।

हाल उत्पादन गरिएको कम्पोष्ट मल परिक्षणका लागि ल्याव पठाइएको छ । परिक्षणपछि निर्धारण भएको बजार दररेटमा बिशेष छुटगरी नगरपालिकाबासीलाई मल विक्रि गरिने तयारी गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्