सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । धादिङको मलेखुनजिकै पहरेघाटमा सुक्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

पहिरोको कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

बिहीबार राति साढे ९ बजे गएको पहिरो पन्छाउन निर्माणाधीन सडक आयोजनाको मेसिन मगाइएको छ ।

पहिरो निरन्तर झरिरहेकाले पन्छाएर सवारीसाधन सञ्चालन हुन केही समय लाग्ने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्