‘जनयुद्धलाई हिंसा देखे आफूहरूलाई मान्य हुन्न’: पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा

दाङ, १३ भदौ :

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताउनुभएको छ ।

दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनयुद्धले ल्याएको उपलब्धीमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गतल भएको धारणा राख्नुभयो ।

पटकपटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने बताउनुभयो । देशको शान्ति प्रकृया निष्कर्षमा पुग्ने बेला यस्ता अभिव्यक्ति आउनु गलत भएको उहाँको भनाइ छ । उहाँले माओवादीले दशवर्ष युद्ध लडेर ल्याएको उपलब्धीको जगमा देशको शासन व्यवस्था सञ्चालन भइरहेकाले त्यसको विरोध गर्नु औचित्यहिन भएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्