दूग्ध पदार्थको बजार खोज्न आवश्यक रहेको कृषिमन्त्री अधिकारीको भनाई

काठमाडौँ, २८ भदौ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको बजारीकरणको खोजी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाली बजारमा दूध खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको भन्दै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारीकरणको खोजी गर्न आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीवार विराटनगरमा आयोजित कृषि एक्स्पो २०८१ उद्घाटनमा मन्त्री अधिकारीले दूधको बक्यौता छिट्टै भुक्तानी हुने बताए।
दुग्ध विकास संस्थानमार्फत किसानलाई दिनुपर्ने दूधको मूल्य भुक्तानीका लागि सरकारले काम गरिरहेको जानकारी गराउँदै उनले भने, ‘अब भुक्तानीको चरणमा रहेको छ। दूधको बक्यौता छिटै भुक्तानी हुनेछ ।’ दूधको मूल्य वृद्धिले छुर्पी, चिज र नौनीको उत्पादन लागत बढ्न गएको पनि मन्त्री अधिकारीले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्