मार्पाक प्रिमियर लिग (MPL) काे १४ औ सस्करण काठमाण्डाैमा हुदै

काठमाडौँ, २८ भदौ

मार्पाक प्रिमियर लिग (MPL) काे १४ औ सस्करण असाेज ३ र ५ गते काठमाण्डाैमा हुने भएकाे छ ।

मार्पाक सामुदायिक क्लब (CCM) काे आयाेजना, थला गाउँ सेवा समाजकाे सह-आयाेजना साथै नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं.१ काे कार्यालय, मार्पाककाे संयाेजनमा हुन गईरहेकाे यस फुटसल प्रतियाेगिताकाे बिजेता टिमले नगद रु १५,५००/- ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेता टिमले नगद रु ७,५००/- मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ३,५००/- मेडल र प्रमाणपत्र साथै चतुर्थ हुने टिमले नगद रु २,५०० प्राप्त गर्नेछन भने उत्कृष्ट फरवार्ड, डिफेन्स र गाेलकिपरले पनि नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

काठमाण्डाैकाे भत्केकाेपुलमा रहेकाे Friend Star Futsal मा हुने प्रतियाेगितामा नेपाल मन उध्याेग मनमैजु, जय माता देवी ज्वेलर्स नेपालटार र गजकेशर थामे अधिकारी कल्याण समाजले प्रायाेजन गरेकाे छ भने प्रतियाेगिताकाे Educational Partner मा Cambridge Balaju, Blue Lotus Educational Network Sorakhutte र Chhangmi korean Language Center Balaju रहेका छन् ।

MPL मार्फत जाेडिएर आउने नेत्रावती डबजाेङ्ग गाउपालिकाका स्थानियबासीहरुलाई Blue Lotus Educational Network Sorakhutte बाट निशुल्क जापनिज भाषा पढाउने, Cambridge Balaju बाट निशुल्क IELTS पढाउने साथै Chhangmi Korean Language Center, Balaju ले ५० प्रतिशत छुटकाे घाेषणा गरेकाे छ भने जय माता देवी ज्वेलर्स, नेपालटारले पनि सुनचादीका गहना बनाउदा ज्याला नलिने घाेषणा गरिसकेकाे छ ।

त्यसैगरि प्रतियाेगिताकाे TV पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियाे पार्टनरमा निलकण्ठ एफ.एम. र अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल काठमाण्डाै, जन अपडेट चितवन र धादिङ्ग संचार रहेकाे MPL संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा सहभागी हुन नेत्रावती डबजाेङ्ग गाउपालिका धादिङ्गका टिमहरुले भाद्र ३१ गतेसम्म रु १,५०० तिरेर टिम दर्ता गरिसक्नुपर्ने साथै असाेज १ गते दिउसाे ३ बजे निरन्जना लिक्वयर शप म्हेपीमा टाइसिट सार्बजनिक हुने संयाेजक गुरुङ्गले बताउनुभयाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्