तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ, २ असोज
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्