धादिङमा बजार अनुगमन जारी, अखाद्य वस्तु विक्रि गरेको भन्दै एक होटललाई कारबाहि

धादिङबेशी । जिल्ला अनुगमन समिति धादिङले धादिङमा बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

बिहिबार भएको पछिल्लो अनुगमनका क्रममा पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना तिराईएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अखाद्य वस्तु विक्रि गरिएको भेटिएपछि जरिवाना गरिएको उहाँको भनाई छ । होटलमा खानेकुराहरु खान सक्ने अवस्थामा नभएको,फ्रिजमा राखेको मासु लगायतका खानेकुरा गन्हाइ रहेको, सरसफाई नभएको र खानेकुराहरुको लेवलिङ नभएका कारण प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ दफा ६१ ९१० बमोजिम कारवाही गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्