प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौँ, २४ भदौ
 प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले  मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै  आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ ९१० ९क० बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिनुभएको राजीनामा पत्रमा उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत हुनुभएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्