धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा निर्माण गरिएको देउराली माध्यमिक विद्यालयको नव निर्मित भवनको आज उद्घाटन गरीएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले एक कार्यक्रमकाबीच देउराली माध्यमिक बिद्यालय तथा प्राबिधिक शिक्षालयको नबनिर्मित ९ कोठे भवनको उद्घाटन गर्नुभएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाईका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणबहादुर थपलिया,श्रोत ब्यक्ति मेघनाथ कोइरालाको विशेष आथित्यता रहेको थियो ।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस धादिङका युवा नेता दिपक कोइराला,रमेश कोइराला,हेमराज श्रेष्ठ, समाजसेवी राम प्रसाद अधिकारी,विभिन्न चन्दादाता,शिक्षाप्रेमी ब्याक्ती तथा अभिभावकको आथित्यता रहेको थियो ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले देउराली माद्यामिक बिधालयले प्राबिधिक शिक्षा लिइ दक्ष बन्ने सपना बोकेका विद्यार्थीहरुको सपना पुरा गरेकोमा खुसि व्यक्त गर्नुभएको छ।बिद्यालयलाई आफुले नजिकबाट नियालिरहेको भन्दै विद्यालयको शैक्षिक तथा भौतिक संरचना निर्माणको लागि आफुले सक्दो सहयोग गर्ने बताउनभयो ।
कार्यक्रममा बिद्यालयले संचालन गरेको प्रथम त्रैमासिक परिक्षामा उत्तिर्ण हुनेहरुलाई बिद्यालयका ब्यबस्थापक बिष्णु प्रसाद अधिकारी र प्रधानाध्यापक खिल बहादुर धमालाले टीका सहित पुरस्कार बितरण गर्नुभएको थियो।कार्यक्रममा जग्गादाता,चन्दादाता र बृद्धबृद्धाहरुलाई सम्मान गरीएको बिद्यालय इन्चार्ज अपिल कोइरालाले जानकारी दिनुभएको छ ।