गजुरी गाउँपालिका वडा नं. १, ५ र ६ मा प्राकृतिक विपद् रोकथामका लागि निर्माण कार्य सम्पन्न भएको छ ।
विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने विपद्का घटनाहरुलाई रोकथाम तथा न्यूनिकरण गर्नको लागि एक्सन नेपाल र DCA को आर्थिक तथा प्राविधिक सहयोगमा सन्चालित बिहानी फलो अप र बिपद जोखिम ब्यबस्थापान प्रबर्धन कार्यक्रम अन्तर्गत गजुरी गाउँपालिका र वडाबाट पहिचान भई सिफारिस भएका १८ स्थानहरुमा विपद् रोकथामका लागि वाल उठाउने,ग्याविन जाली लगाउने लगाएतका निर्माण कार्यहरु सम्पन्न भएको हो ।
वडा नंं १ को व्यक्तिगत घरधुरीका ५ स्थान, वडा नम्बर ५ को १ समुदाय स्तर र ३ वटा व्यक्तिगत स्तरमा निर्माण कार्य सम्पन्न भएको छ । त्यस्तै वडा नम्बर ६ को ४ वटा समुदाय स्तर र ४ वटा घरधुरी स्तरमा निर्माण कार्य सम्पन्न भएको छ। सोही गाउँपालिकाको वडा नं. ५ मा पर्ने पिडा गजुरी माध्यमिक विद्यालयको प्राङ्गणमा ग्याविन जाली लगाउने कार्य सम्पन्न भएको एक्सन नेपाले जनाएको छ।
एक्सन नेपालले भूकम्पबाट प्रभावित अति विपन्न घरधुरी पहिचान गरी निर्माण कार्य सम्पन्न नभएका घरहरुमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।
एक्सन नेपालका निमित्त कार्यकारी निर्देशक कमल राज ढुङ्गानाले शनिबार विपद्को बेलामा आवश्यक पर्ने खोज तथा उद्धारका सामाग्रीहरुको साथै समग्र गाउँपालिकाको आपतकालिन पूर्व तयारी तथा प्रतिकार्य योजना गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतलाई हस्तान्तरण गर्नुभएको छ।