काठमाडौं, २० पुस
राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २० फागुनमा समाप्त हुने भएपछि नयाँ नेतृत्व चयन गरिने भएको छ ।
उपाध्यक्ष दाहालको कार्यकाल २० फागुनमा सकिएलगत्तै राष्ट्रिय सभाका लागि नयाँ उपाध्यक्ष चयन गर्नुपर्ने भएको हो ।
२० फागुनमा चार बर्षे कार्यकाल भएका १९ जना सांसदको कार्यकाल सकिँदै छ, जसको स्थानमा पदपूर्तिका लागि उम्मेदवार मनोनयनको प्रक्रिया जारी छ ।