धादिङ २१ पुस
धादिङको मलेखुमा सानीमा बैंकको शाखा सन्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमका बीच मलेखुमा ९१ औ शाखाको शुभारम्भ गरीएको हो । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य माननीय भुमि प्रसाद त्रिपाठी, र वरिष्ठ कलाकारद्वय हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ (मह जोडी)ले संयुक्त रुपमा रिवन काटेर शुभारम्भ गर्नुभएको हो ।
शुभारम्भ कार्यक्रमलाई सम्वोधन गदै माननीय त्रिपाठीले बैंकहरु धेरै सञ्चालनमा आएको बताउदै व्यापारी, उद्योगीहरुका तथा पहुँचवालाहरुलाई मात्र सिमित भएको बताउनुभयो । तर सानीमा बैंक बास्तविक किसान मैत्री बैंक भएको भन्दै किसानहरु लक्षित कार्यक्रम ल्याउनको लागि पनि त्रिपाठीले आग्रह गर्नुभएको छ ।
सानाीमा बैंकले कृषि क्षेत्रमा लगानी गरेर किसानहरुलाई व्यावसायिक बनाउन सहयोग गरेको बताउदै निकट भविष्यमा मलेखु शाखाबाट पनि किसानहरुले कृषि कर्जा पाउने बैंकका कार्यकारी अधिकृत भुवन कुमार दाहाले बताउनुभयो ।जिल्लाको मलेखुमा ९१ शाखाको शुभारम्भ हुदाँ यस अघि धादिङवेशी र नौविसेमा शाखा सञ्चालनमा रहेको छ ।
फोटोःपत्रकार राजेन्द्र बस्नेत