धादिङबेसी बजार क्षेत्रको खानेपानी व्यवस्थापनको लागि ४५ करोड ६५ लाख रकम स्वीकृत

धादिङको नीलकण्ठ नगरपालिका र सह लगानी खानेपानी तथा सरसफाई आयोजनाको सहकार्यमा बजार क्षेत्रमा खानेपानीको काम सुरु हुने भएको छ ।

बजार क्षेत्रको खानेपानीको काम विस्तार गर्नको लागि सहलगानी खानेपानी तथा सरसफाई आयोजनाबाट रकम स्वीकृत भएको मेयर भिम प्रसाद ढुंगानाले बताउनु भएको छ।

विद्यमान देखीएको खानेपानीको समस्या हल गर्न र उच्च प्रविधिबाट खानेपानी वितरण गर्नको लागि काम अघि बढेको ढुंगानाले बताउनुभयो।

संघीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना चितवनले काम सुरु गर्नको लागि र संयुक्त खाता खोल्नको लागि नगरपालिकालाई चिठ्ठी पठाईसकेको उहाँको भनाई छ।

बजार क्षेत्रको खानेपानीको सुरु गर्नको लागि रकम समेत स्वीकृत भईसकेको छ ।बजार क्षेत्रको काम सुरु गर्नको लागि सहलगानी खानेपानी तथा सरसफाई आयोजनाबाट नगद रु ४५ करोड,६५ लाख ७३ हजार रुपैँया स्वीकृत भएको बताउनुभयो।

मेयर ढुंगानाले खानेपानीको समस्या कम गर्नको लागि आफुले विभिन्न निकायसँग गरेको प्रस्ताव स्वीकृत भएको भन्दै बजार क्षेत्रको खानेपानीको समस्या हल हुने बताउनुभयो।

नगरपालिका भित्रको खानपानीको समस्या हल गर्न र अन्य विकास निर्माणको कामलाई निरन्तरता दिनको लागि विभिन्न दातृ निकायसँग सहकार्यको लागि आफु संक्रिय रहेको बताउनु भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्