धादिङ,०९ माघ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
युवा संघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस २८ देखि ३० गतेसम्म आयोजना भएको थियो । उक्त वैठकले किरण पौडेलको संयोजकत्वमा आयोजक कमिटीलाई अन्तिम रुप दिएको छ। आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् ।
यस्तै संयोजक पौडेलले संगठनभित्र विशेष सर्कुलर जारी गर्नुभएको छ । सर्कुलरमा उल्लेख भए अनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने निर्णयसमेत भएको छ । परिषदमा २० प्रतिशत मनोनित हुन्छ । यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म बिस्तार गरिने उल्लेछ ।
जस अनुसार धादिङका १० युवा नेताले राष्ट्रिय युवा संघको केन्द्र, प्रदेश र जिल्लामा जिम्मेवारी पाएका छन् । जसमा केन्द्रीय कार्यालय सदस्य रमेश आचार्यले स्कुल तथा नेतृत्व विकास विभागको जिम्मेवारी पाएका छन् ।
साविक स्थायी कमिटीका सदस्य मोदनाथ सिलवाल (सन्तोष)ले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको सचिवको जिम्मेवारी पाएका छन् भने महाधिवेशन आयोजक कमिटी सदस्य दिपक खतिवडाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन्। त्यस्तै बाबु छत्कुलीले केन्द्रीय निर्वाचन आयोग उप प्रमुखको जिम्मेवारी पाएका छन् ।
त्यसैगरि महाधिवेशन आयोजक कमिटी सदस्यको जिम्मेवारी पाउनेमा विष्णुहरी त्रिपाठी, वसन्ता पाण्डे, संजिव पाण्डे, स्वतन्त्र पण्डित छन्। यस्तै बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको कोषध्यक्षको जिम्मेवारी बासु प्रसाद विडारीले पाएका छन् । सर्कुलर अनुसार धादिङको जिल्ला अधिवेशन संयोजकमा काजी श्रेष्ठ रहेका छन् ।
हेर्नुस सर्कुलर :