धादिङ,१० माघ । मालपोत कार्यालय धादिङबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरीएको छ । कार्यालयले आईतबार एक सूचना प्रकाशित गर्दै आज सोमबारदेखि अर्को सूचना जारी नभएसम्मको लागि अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आयोजना, परियोजनाका अत्यावश्यक कार्य बाहेक अन्य सेवाहरु स्थगन गरीएको जानकारी दिएको हो । कोरोना भाईरस (कोभिड १९) को नयाँ भेरियन्ट ओमिक्रोन जनसमुदायमा तिव्र रुपमा फैलिरहेको अवस्थामा उत्पन्न असहज परिस्थितिबाट सम्पुर्ण सरोकारवालाहरुको स्वास्थ्य, सुरक्षा र संक्रमणको जोखिम न्युनिकरण गर्न आवश्यक भएकाले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक सेवाहरु स्थगन गरीएको कार्यालयले जनाएको छ ।