पछिल्लो २४ घण्टामा देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज देशभरका प्रयोगशालाबाट १६ हजार ६५४ जनाको पीसीआर गर्दा ८ हजार ५४ र ४ हजार ५४७ जनाको एन्टिजेन परिक्षणमा २ हजार २ सय ६५ गरी १० हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आईतबार ६ हजार ४६२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५४० संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख २४ हजार २३९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ८९ दशमलब ७ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६५९ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।