महासंघको अध्ययन निष्कर्ष-पत्रकार विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

नेपाल पत्रकार महासंघले टीभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निष्कर्ष निकालेको छ । महासङ्घले घटनाको अध्ययन गर्न गठन गरेको समितिले यस्तो निष्कर्ष निकालेको हो । 

महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन  महासंघले गरेको थियो ।  उक्त समितिको अध्ययन निष्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ ।  

सरकारको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महासंघले यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने बताएको छ ।

महासंघले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्