धादिङमा कुन पालिकामा कति मतदाता (हेर्नुहोस विवरण)

धादिङमा २ लाख ७३ हजार बढि मतदाता रहेका छन्।

विसं २०७५ वैशाखदेखि २०७८ माघ २४ गतेसम्म ३९ हजार ६८८ जनाले मतदाताका रुपमा नाम दर्ता गराएसँगै जिल्लामा २ लाख ७३ हजार १९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ।

जिल्लामा हाल १ लाख ३९ हजार ४०० जना पुरुष, १ लाख ३३ हजार ७९२ जना महिला र तेश्रो लिङ्गी १ जना गरी जम्मा २ लाख ७३ हजार १९३ मतदाता रहेको निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो।

धादिङमा सबैभन्दा धेरै मतदाता नीललकण्ठ नगरपालिकामा २२,५५६ महिला र २२,१६७ पुरुष गरी ४४,७२३ जना रहेका छन् भने सबै भन्दा कम मतदाता रुवीभ्याली गाउँपालिकामा ४,२९२ महिला र ४,५८६ पुरुष गरि ८,८७८ जना छन् ।जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत २ लाख ३३ हजार ५०५ मतदाता थिए ।

निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तहको मिति घोषणा गरेसँगै माघ २४ गतेबाट मतदाता नामावली संकलन गर्न बन्द गरेको छ । यहि मितिमा अन्यत्र जिल्लामा लिईएका धादिङका मतदाताहरुको विवरण यो संख्यामा थप हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

यो मतदाता नामावलीमा १६ वर्ष उमेर समुह समेत रहेको र बैशाख २९ गते सम्म १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो। दर्ता भएको मतदाता नामावली दर्ता विवरण निर्वाचन आयोग पठाइएको निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो।
धादिङमा आयोगको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो।

यसैगरी आयोगले गत मंसिर १७ देखि पुस ८ गतेसम्म जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन कार्यक्रममा सञ्चालन गरेको थियो। निर्वाचान आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने जनाएको छ।

मन्त्रिपरिषद्ले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिसकेको छ ।

ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।

तर विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो ।माघ २४ गतेसम्म नामावली दर्ता गराएका तर वैशाख २९ गते १८ वर्ष उमेर पुग्ने नागरिक मतदाता हुने निर्वाचन आयोगले जनाएको छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्