धादिङ,०४ फागुन ।
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल(वाईसीएल) धादिङले एमसीसी विरुद्ध धादिङबेसीमा बिरोध प्रदर्शन गरेको छ ।
राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी अमेरिकी अनुदान सहयोग परियोजना(एमसीसी)पास हुन नदिने भन्दै वाईसीएल धादिङले प्रदर्शन गरेका हुन्।
नीलकण्ठ नगरपालिका स्थित बिच बजारमा राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गर्नुपर्ने माग राख्दै बिरोध गरिएको वाईसीएल धादिङले जनाएको छ।
आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको वाईसीएलले आज संसदमा पेस नभए पछि प्रदर्शनलाई फरक ढंगले गरिएको बताएका छन्।