धादिङ,०५ फागुन ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७८९ नमुना परीक्षण गर्दा ५ सय ७० जना नयाँ सङ्क्रमित थपिदा १९ सय ९३ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट आज ७ हजार २८ जनाको पीसीआर गर्दा ३ सय ६४ जना र २ हजार ७६१ जनाको एन्टिजेन परिक्षणमा २०६ गरी ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ पुगेको छ। बुधबार ६ सय ३९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १३ हजार १०७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ४६ हजार ३३० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९११ पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ।