‘ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदा रेलिगेशनबाट जोगियो जावलाखेल

काठमाडौं, ८ फागुन ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रोमान्चक बनेको खेलको १५औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७१औं मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८८औं मिनेटमा ओन्गुना जुनियरले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।

जावलाखेल १२ खेलमा १४ अंक जोडेको छ भने हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ ।

यस जितसँगै जावलाखेल रेलिगेसनबाट जोगिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्