सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान, १० चैतसम्मकाे समयसीमा

संघीय संसद्‍काे संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वाेच्चकाे न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भनेर १० चैतिभत्र उजुरी दिन भनेकाे हाे । 

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्काे गत फागुन अन्तिम साताकाे बैठकले सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेकाे थियाे । 

उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्