धादिङ,०३ चैत।
सुरक्षित आप्रवासन सामी परियोजनालाई १३ वटै स्थानिय तहमा विस्तार गर्नुपर्ने जिल्ला न्याधिस आत्मदेव जोशीले बताउनुभएको छ।बैदेशिक रोजगारीमा विभिन्न समस्याहरु रहेको भन्दै नागरिकहरुलाई सू–सूचितगर्ने र वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउनलाई जिल्लाभर विस्तार गर्नुपर्ने बताउनु भएको हो ।
स्थानिय सरकार परियोजना व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै जोशीले सामी परियोजनाले गरेको काम प्रशंसनिय भएको बताउनुभयो । यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले बैदेशिक रोजगारलाई व्यवस्थित गर्न सामी कार्यक्रम महत्वपुर्ण भएको भन्दै उहाँले स्थानिय तह आफैले पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
विकास भनेको बाटो खन्नु तथा भौतिक संरचना निर्माण गर्नुमात्र नभएको भन्दै मेयर ढुंगानाले आफ्नो नागरिकहरुको बैदेशिक रोजगारलाई सुरक्षित गराउनु पनि स्थानिय सरकारको दायित्व भएको बताउनुभयो।सामी परियोजनालाई स्थानिय तह आफैले गर्ने जिल्ला धादिङमात्र भएको भन्दै उहाँले यसले गर्ने कामहरु जनतासँग प्रत्यक्ष सरोकार राख्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बैदेशिक रोजगारबाट आएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको भन्दै उहाँले सामी परियोजनालाई स्थानिय तहमा आन्तरिकरण गर्नुपर्ने बताउनुभयो। बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउनको लागि यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै उहाँले सामी परियोजना हाम्रो कार्यक्रम हो भनेर अपनत्व गर्नुपर्ने सुझाव दिनुभयो ।
यसैगरी गंगाजमुना गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीले सामी परियोजना स्थानिय तह आफैले पनि गर्न सक्ने भन्दै सामी कार्यक्रमले गर्दा धेरै नागरिहरुको बैदेशिक रोजगारको यात्रा सुरक्षित भएको बताउनुभयो । कार्यक्रममा सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले हाल सम्म गरेको कार्य प्रगतीको विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला न्याधिस जोशीको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, गंगाजमुना गाउँपालिकाका अध्यक्ष अधिकारी, प्रमुख जिल्ला अधिकारी लम्साल, प्रहरी प्रमुख राकेश सिंह, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रराज पौडेल, प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारी, प्रशासन अधिकृत लोकनाथ डल्लाकोटी, नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला, सामी परियोजनाका कार्यक्रम अधिकृत कमल रोकाय लगायतको आतिथ्य रहेको थियो ।