हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ६ चैत

नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्री दर १३४ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ तिन पैसा र बिक्री दर १५९ रुपैयाँ ८२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५४ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २७ पैसा र बिक्री दर ८९ रुपैयाँ ७१ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ १७ पैसा र बिक्री दर १० रुपैयाँ २२ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ एक पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ  रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्