काठमाडौं, १२ चैत
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका थिए भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए ।
बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो ।
चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।