श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै राजीनामा दिए

कोलम्बो–आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिएका छन् । 

अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै सार्बेले पदबाट राजीनामा दिएका हुन् । ‘ यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु ।  म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु’ साब्रीको एक विज्ञप्तिमा भनिएको छ ।

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत  कदमहरू आवश्यक रहेको उनले औँल्याएका छन् ।

यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्