फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोलियम पदार्थमा ५ रुपैयाँ र खाना पकाउने ग्यासको २५ रुपैयाँ बढ्यो

काठमाण्डौ,२३ चैत।
इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ।यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्