धादिङ,२८ चैत।
सन् २०२२ को पहिलो त्रैमासिकमा नेपाल भ्रमणमा आउने पर्यटको सङ्ख्या ७८ हजार नाघेको छ ।
यो तीन महिनाको अवधिमा ७८ हजार ४ सय ४७ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । गत वर्षको तीन महिनाको तुलनामा यो वर्ष विदेशी पर्यटक आगमन १ सय ३८ दशमदब ९५ प्रतिशतले वृद्धि भएको तथ्यांक शर्माले प्रस्तुत गरे।
मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक भित्रिएको उहाँले बताउनु भएको हो । आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री शर्माले मुलुकको पर्यटन क्षेत्रलाई थप विस्तार गर्दै अगाडी बढ्ने बताउनु भएको छ।
पछिल्लो समय कोरोना सङ्क्रमणनियन्त्रणमा आएसँगै हवाई यातायात सहज भएपछि पछिल्लो समय मुलुकको पर्यटकीय गतिविधि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको हो ।