नेत्रावती डवजोङको पालिका अध्यक्षका लागि माओवादी केन्द्रबाट ६ जनाको नाम सिफारिस

धादिङ,०३ बैशाख ।
नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षको लागि नेकपा माओवादी केन्द्रबाट ६ जनाको नाम सिफारिस गरिएको छ ।शनिबार बसेको माओवादी केन्द्र नेत्रावती डवजोङ सचिवालय बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पालिका अध्यक्षको लागि ६ जनाको नाम सिफारिस गरेको हो।

अध्यक्षमा उर्मिला तामाङ, सुन्दर थापा, प्रेम तामाङ, ठाकुर सापकोटा, रामकृष्ण धमला, र गोपाल गुरुङले दावी गरेसँगै उम्मेदवार छनोटका लागि आकांक्षी सबैको नाम माथिल्लो कमिटीमा पठाईएको बताईएको छ ।

बैठकले घोषणा पत्र लेखनका लागि केशरी प्रसाद पन्त, प्रचारप्रसारलागि टेक बहादुर तामाङ र आर्थिकको जिम्मा उर्मिला तामाङलाई दिएको माओवादी केन्द्र नेत्रावती डवजोङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्