कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब शनिबार बस्ने

काठमाडौं, ९ वैशाख । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने गरी बोलाइएको बैठक अब शनिबार बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्नेगरी सारिएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते विहान ११ बजे बस्ने भएको छ,’ पौडेल  भनेका छन् । 

साथै शनिबार बस्ने बैठकमा  केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्