स्कुटर चोरीको आरोपमा धादिङका प्रदीप नेपाली सहित पाँचजना पक्राउ

काठमाडौं,९ वैशाख ।
काठमाडौंको विभिन्न स्थानबाट स्कुटर चोरी गरेको आरोप पाँचजना पक्राउ परेका छन् ।

स्कुटर चोरी गरेको उजुरीपछि प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१० धादिङ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने १८ वर्षीय प्रदीप नेपाली, धुलिखेल नगरपालिका–११ का १८ वर्षीय अरुण नेपाली, काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने १४ वर्षीय रामसुन्दर मानन्धर, नमोबुद्ध नगरपालिका–६ रोशिखोला घर भई हाल काठमाडौं महामनगरपालिका–१८ नरदेवी बस्ने १८ वर्षीय विवेश लामा र दाङ सिसामिया घर भई हाल काठमाडौंको डल्लु बस्ने १८ वर्षीय सूर्य परियार रहेका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा अरूण नेपालीलाई पक्राउ परेपछि उनको गिरोहका थप व्यक्तिहरु पक्राउ परेको मैनालीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्